नेपाली कांग्रेसको सिन्धुपाल्चोकमा आगामी फागुन २७ र २८ गते अधिवेशन हुँदै : सभापतिका लागि डा. प्रेमध्वज लामा उमेदवारी घोषणा

सिन्धुपाल्चोक, २३ फागुन – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअघि नै जिल्ला अधिवेशन हुनुपर्नेमा १६ जिल्लाको हुनसकेको थिएन । अहिले बिभिन्न जिल्लाको अधिवेशन धमाधम भइरहेको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बाँकी रहेका जिल्लाहरुमध्ये बाँकी रहेको जिल्ला हो सिन्धुपाल्चोक , सिन्धुपाल्चोकमा आगामी फागुन २७ र २८ गते अधिवेशन हुँदैछ ।

सिन्धुपाल्चाेकमा अहिले पार्टी सभापतिका लागि आधा दर्जन अनुहार देखिएका छन् । यीमध्ये तीन जनाको उमेदवारीलाई महत्त्वका साथ हेरिएको छ । इअन्द्रवति गाउँपालिकाको अधक्क्ष वंशलाल तामाङदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक रहेका डा. प्रेमध्वज लामा र पूर्व क्षेत्रीय सभापति समेत भैसकेका जङ्गबहादुर लामाले उमेदवारी घोषणा गरेका छन् ।

सो क्रममा सिन्धुपाल्चोकको जिल्ला सभापतिका लागि डा. प्रेमध्वज लामाले उम्मेदवारी घोषणा गरेका छन् । पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघ हुँदै पार्टी राजनीतिमा आएका लामाको संस्थापनबाट उम्मेदावारी दिन लागेका हुन् । पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत लगायत केन्द्रीय नेताहरुसँग समेत राम्रो सम्बन्ध भएका नेता लामालाई केन्द्रीय नेताहरुको समेत समर्थन रहेको छ ।

संकृतिकमा बिद्यावार्धि गरेका लामा राजनीतिकसंगै सामाजिक कार्यमा पनि उतिकै सक्रिय रहेका छन्। समाज परिवर्तनको सुरुवात भनेको स्थानीय तह या गाउँ तहबाटै हुनुपर्ने उहाँको तर्क छ । त्यसका लागि राजनीतिक चेतना हुनुपर्ने लामाले बताउनुभयाे । ‘हामी लोकतन्त्र भन्छौँ तर लोकतन्त्रको सामान्य मूल्य–मान्यता जान्दैनौँ, पाउने अधिकार र आफ्नो कर्तव्यबारे अनभिज्ञ छौँ । मनपर्ने पार्टी भनेर भोट मात्रै खसालिरहेका छौँ तर पनि लोकतन्त्रको फल नागरिकले पाउन सकेका छैनन्’, उहाँ भन्नुहुन्छ ।

पार्टीमा दुःख गरेका नेता कार्यकर्तालाई ल्याउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । पार्टीमा पुँजीवाद,नातावादको कारणले गर्दा नीतिले अघि बढ्न नसकेको लामाके गुनासाे छ । ‘अग्रगामी परिवर्तनको नेतृत्व लिन सक्ने युवा ल्याउन चाहेको छु । सही आवाजको प्रतिनिधित्वका लागि मेरो उमेदवारी हो’ , उहाँ भन्नुहुन्छ । समाज परिवर्तनसंगै जिल्लाको भौतिक विकासका लागिपर्ने उहाको संकल्प रहेको छ।

पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँलगायत नेताहरु डा. लामाको पक्षमा देखिएका छन् ।

Facebook Comments Box