अमेरिकी राजदूत र्यान्डी बेरी र एमाले अध्यक्ष केपी शर्मा ओलीविच भेट
काठमाडौं, ११ फागुन – अमेरिकी सहायता परियोजना एमसीसी पारितको लबिङस्वरुप नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
बालकोटस्थित निवासमा पुगेर बेरीले ओलीसँग संवाद गरेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । एमसीसीमा संसदमा ८ फागुनमा टेबल भएको थियो । १२ फागुनमा संसदमा सैद्धान्तिक छलफलका निम्ति प्रक्रिया अघि बढ्नेछ ।
एमसीसी पारितका लागि अमेरिकाले १६ फागुनसम्मको समय दिएको छ । राजदूत बेरीले एमसीसीको पक्षमा मतदानका निम्ति आग्रह गरेको बताइएको छ ।
Facebook Comments Box

