काठमाडौँ उपत्यकामा ९६ जना सहित देशभर थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ९ फागुन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९६ जना सहित देशभर थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७७, भक्तपुरमा ८ र ललितपुरमा ११ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ५ हजार २२५ आरटी पीसीआर तथा २ हजार ९१५ एन्टीजेन परिक्षण सहित ८ हजार १४० जनाको परिक्षण गर्दा थप ३८८ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ११ हजार ५४४ रहेको छ भने सक्रिय संक्रमितको संख्या ११ हजार २८२ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार २०५ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ५२ हजार ५९९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९२५ रहेको छ ।

Facebook Comments Box