यातायात व्यवसायीले फेरि गाडी भाडा बढाउन माग

काठमाडौं, २१ माघ – सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको छ । डिजल-पेट्रोलको मूल्यले नयाँ रेकर्ड कामय गर्ने क्रम चलिहरँदा सार्वजनिक सवारीका प्रयोगकर्ताहरु यसको मारमा पर्नसक्ने देखिएको छ ।

२७ असार २०७८ मा सार्वजनिक सवारीको भाडा बढाए यता डिजल-पेट्रोलको मूल्य प्रतिलिटिर १६ रुपैयाँले बढाइसकेको छ । लगातार डिजल-पेट्रोलको मूल्य बढिरहेको भन्दै यातायात व्यवसायीले फेरि भाडा समायोजन गर्न माग गर्न थालेका छन् ।

Facebook Comments Box