संक्रमण तीव्र बनेपछि ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द
ललितपुर, १० माघ – कोरोना संक्रमण तीव्र बनेपछि ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द भएको छ। महानगरपालिकाले सूचना जारी गर्दै सेवा बन्द गरिएको जानकारी दिएको हो।
महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण भएपछि आज देखि ५ दिनका लागि महानगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जारी गरेको सूचनामा उल्लेख छ।
‘धेरैजसो कर्मचारीलाई सङ्क्रमण भएकाले आलोपालो सेवा दिने अवस्थासमेत नरहेकाले आजदेखि शुक्रवारसम्म महानगरपालिका बन्द रहनेछ,’ सूचनामा भनिएको छ, ‘महानगरबाट दिइने स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाइ र नगर प्रहरीले दिने सेवा भने सञ्चालनमै रहनेछन्।’

Facebook Comments Box

