काठमाडौँ उपत्यकामा ४ हजार ६७६ जना सहित देशभर थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १० माघ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४ हजार ६७६ जना सहित देशभर थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार ६३४, भक्तपुरमा ४५५ र ललितपुरमा ५८७ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १६ हजार ६५४ आरटी पीसीआर तथा ४ हजार ५४७ एन्टीजेन परिक्षण सहित २१ हजार २०१ जनाको परिक्षण गर्दा थप १० हजार ३१९ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या १० लाख ३३ हजार ६२६ रहेको छ भने सक्रिय संक्रमितको संख्या ८२ हजार ५२५ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार ५४० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख २४ हजार ३३९ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ६५९ रहेको छ ।

Facebook Comments Box