काठमाडौँ उपत्यकामा ३ हजार ३४७ जना सहित देशभर ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २ माघ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ३४७ जना सहित देशभर थप ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ५४५, भक्तपुरमा ३२८ र ललितपुरमा ४७४ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १२हजार ५७२ आरटी पीसीआर तथा २ हजार ५६९ एन्टीजेन परिक्षण सहित १५ हजार १७३ जनाको परिक्षण गर्दा थप ४ हजार ९६१ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ५५ हजार २०६ रहेको छ भने सक्रिय संक्रमितको संख्या २५ हजार ६८० रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ४३५ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १६ हजार ४३८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ६२० रहेको छ ।

Facebook Comments Box