पृथ्वीनारायणका विचार अहिले पनि उत्तिकै मननीय
काठमाडौं, २७ पुस – राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दूरदर्शी विचारहरूलाई आत्मसात् गर्दै अघि बढे देशको सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सन्देश दिँदैराष्ट्रपतिले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले देशको सामाजिक, आर्थिक एवं वैदेशिक नीतिका सन्दर्भमा पृथ्वीनारायणले छाडेर गएका सन्देश वर्तमान अवस्थामा समेत उत्तिकै मननीय रहेको बताउनुभएको छ ।
Facebook Comments Box

