काठमाडौँ उपत्यकामा ३ सय ६९ जना सहित देशभर थप ९६८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २३ पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ सय ६९ जना सहित देशभर थप ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २८४, भक्तपुरमा २३ र ललितपुरमा ६२ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ८ हजार २७२ आरटी पीसीआर तथा ६ हजार ६९९ एन्टीजेन परिक्षण सहित १४ हजार ९७१ जनाको परिक्षण गर्दा थप ९६८ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २७ हजार ८९३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २६२ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १३ हजार ७०९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्युको संख्या शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ६०२ रहेको छ ।

