सिभिल सहकारी ठगी : इच्छाराज र केशवलाल थुनामा
काठमाडौं, १४ पुस – साढे ५ अर्ब बढी ठगीको आरोपमा पक्राउ परेका पूर्वसांसद इच्छाराज तामाङ र सिभिल सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतमा भएको थुनछेकको बहसपछि यस्तो आदेश भएको हो। करिब एक सातासम्म भएको बहस र प्रतिवादीसँग बयानपछि अदालतले तामाङ र श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको हो।
बहसपछि पक्राउ परेका १२ सहित ४२ जनालाई थुनामा पठाउने, साधारण तारेखमा छाड्ने वा धरौटीमा छाड्ने भन्ने निर्णय दिने क्रममा अदालतबाट यस्तो आदेश भएको हो।
Facebook Comments Box

