तमु ल्हाेसारकाे अवसरमा भाेलि बिहीवार सार्वजनिक बिदा : गृह मन्त्रालय
काठमाडौँ, १४ पुस – सरकारले तमु ल्हाेसारकाे अवसरमा भाेलि बिहीवार सार्वजनिक बिदा दिएकाे छ । गृह मन्त्रालयले आज बुधवार विज्ञप्ति निकालेर तमु ल्हाेसारमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएकाे जनाएकाे हाे ।
आजकाे मन्त्रिपरिषद्काे बैठकले तमु ल्हाेसारमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे मन्त्रालयका उपसचिव शाेभाखर रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments Box

