काठमाडौँ उपत्यकामा १ सय ६५ जना सहित देशभर थप २७१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १२ पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ६५ जना सहित देशभर थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १३२, भक्तपुरमा १४ र ललितपुरमा १९ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार १५७ आरटी पीसीआर तथा १ हजार ७२९ एन्टीजेन परिक्षण सहित १० हजार ८८६ जनाको परिक्षण गर्दा थप २७१ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ६७३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार ९३१ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २२५ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ११ हजार ८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५८६ रहेको छ ।

Facebook Comments Box