काठमाडौँ उपत्यकामा ९६ जना सहित देशभर थप १६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १० पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९६ जना सहित देशभर थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६८, भक्तपुरमा ७ र ललितपुरमा २६ जनामा संक्रमण देखिएको छ ।

यस्तै, देशभरको प्रयोगशालामा ४ हजार २८३ आरटी पीसीआर तथा २ हजार १६४ एन्टीजेन परिक्षण सहित ६ हजार ४४७ जनाको परिक्षण गर्दा थप १६७ जानामा संक्रमण देखिएको हो । यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार १८३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार ९७८ रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २२६ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १० हजार ४९७ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५८३ रहेको छ ।

Facebook Comments Box