स्थानीय तहको निर्वाचन वैशाख १४ गते गर्न निर्वाचन आयोगकाे प्रस्ताव

काठमाडौं, ९ पुस – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका साथै मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा आयोगले सबै स्थानीय तहको निर्वाचन एकै पटक १४ वैशाखमा गर्न प्रस्ताव गरेको छ ।

यदि कुनै कारण एकै दिनमा निर्वाचन गर्न सम्भव नभए १४ र २२ वैशाखमा गर्न सकिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।

Facebook Comments Box