काठमाडौँ उपत्यकामा ११८ जना सहित देशभर थप २८० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २९ मङ्सिर – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ११८ जना सहित देशभर थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८९, भक्तपुरमा ९ र ललितपुरमा २० जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार २१२ आरटी पीसीआर तथा २ हजार ७८२ एन्टीजेन परिक्षण सहित ११ हजार ९९४ जनाको परिक्षण गर्दा २८० जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २० हजार ८८९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ६३५ रहेको छ ।
यसैगरी,पछिल्लो २४ घण्टामा थप ३०० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ७ हजार ८१६ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जानाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५६५ रहेको छ ।

