काठमाडौँ उपत्यकामा १ सय ३ जना सहित देशभर थप २०५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १९ मङ्सिर – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ३ जना सहित देशभर थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६३, भक्तपुरमा ६ र ललितपुरमा ३४ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ९९५ आरटी पीसीआर तथा २ हजार ७५२ एन्टीजेन परिक्षण सहित १० हजार ७४७ जनाको परिक्षण गर्दा २०५ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार १८४ रहेको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार ५०७ रहेको छ । यसैगरी,पछिल्लो २४ घण्टामा थप ४३६ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ४ हजार ५४४ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जानाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५४१ रहेको छ ।

Facebook Comments Box