काठमाडौँ उपत्यकामा १ सय ५८ जना सहित देशभर थप २३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १८ मङ्सिर – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ५८ जना सहित देशभर थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९८, भक्तपुरमा १० र ललितपुरमा ५१ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ५ हजार २९५ आरटी पीसीआर तथा १ हजार ५०२ एन्टीजेन परिक्षण सहित ७ हजार ७९७ जनाको परिक्षण गर्दा २३८ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख १७ हजार ९७९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार ७४४ रहेको छ । यसैगरी,पछिल्लो २४ घण्टामा थप ३९२ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ४ हजार १०८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जानाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५४० रहेको छ ।

Facebook Comments Box