काठमाडौँ उपत्यकामा १ सय ३४ जना सहित देशभर थप २७० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १० मङ्सिर – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ३४ जना सहित देशभर थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९२, भक्तपुरमा १२ र ललितपुरमा ३० जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ८२९ आरटी पीसीआर तथा २ हजार ६१७ एन्टीजेन परिक्षण सहित १० हजार ४४६ जनाको परिक्षण गर्दा २७० जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ९७९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार २८७ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ३०२ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १ हजार ७२२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५१८ रहेको छ ।

