काठमाडौँ उपत्यकामा १ सय ८१ जना सहित देशभर थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, ८ मंसीर – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ८१ जना सहित देशभर थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १४४, भक्तपुरमा ११ र ललितपुरमा २६ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ५९० आरटी पीसीआर तथा २ हजार ३३० एन्टीजेन परिक्षण सहित ९ हजार ९२० जनाको परिक्षण गर्दा ३३२ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ४०१ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ रहेको छ । यसैगरी, पछिल्लो २४घण्टामा थप २३२ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १ हजार १२२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५१३ रहेको छ ।

