काठमाडौँ उपत्यकामा १३० जना सहित देशभर थप २३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ५ मङ्सिर – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १३० जना सहित देशभर थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९८, भक्तपुरमा ८ र ललितपुरमा २४ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ८४५ आरटी पीसीआर तथा १ हजार २७८ एन्टीजेन परिक्षण सहित ९ हजार १२३ जनाको परिक्षण गर्दा थप २३८ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख १४ हजार ३३३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार १६४ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३७० जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ३५९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ४९६ रहेको छ

Facebook Comments Box