आगामी निर्वाचनमा अन्य दलबीच तालमेलको सम्भावना कम : डा. प्रकाशरण महत
काठमाडौँ, १४ कात्तिक – नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशरण महतले आगामी निर्वाचनमा अन्य दलबीच तालमेलको सम्भावना कम रहेको बताएका छन्। राजधानीको बत्तीसपुतलीमा आइतवार आयोजित पत्रकारसँगको अन्तरक्रियाका क्रममा महतले यस्तो बताएका हुन्।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवानिकट महतले गठबन्धन कायमै रहेमा सीमित क्षेत्रमा चुनावी तालमेल हुन सक्ने बताए।
उनले चुनावी तालमेलबारे धेरै टिप्पणी नगर्ने बताउँदै यसबारे कांग्रेसमा पनि एकमत नरहेको उल्लेख गरेका छन्।
‘निश्चित ठाउँमा चुनावी तालमेल हुन सक्छ’, महतले अगाडि भने, तर पार्टीभित्र चुनावी तालमेलबारे सबै नेताहरूबीच एकमत छैन।’
Facebook Comments Box

