आज पहाडी भेगमा आंशिक बदली तथा बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने

काठमाडौं, १४ कात्तिक – मौसम पूर्वानुमान महाशाखाकाे अनुसार हाल देशको पहाडी तथा हिमाली भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।

आज दिउँसो पनि पहाडी भेगमा आंशिक बदली तथा बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानमा आंशिक बदली रहने जनाएकाे छ। मौसम पूर्वानुमान महाशाखका मौसमविद् राजु प्रधानांगले अब वर्षा एकदमै कम हुने र चिसोको मात्रा बढ्दै जाने जानकारी दिए।

‘यो सिजनमा वर्षा खासै हुँदैन, भए पनि हल्का, फाटफुट मात्र हुन्छ’, मौसमविद् प्रधानांगले भने, ‘अब तापक्रमचाहिँ ओरालो लाग्छ।’ एक दुई दिनयता काठमाडौं उपत्यकासहित देशभर बिहान र बेलुका जाडो हुन थालेको छ।

Facebook Comments Box