आज देशको पहाडी तथा हिमाली भेगमा आंशिक बदली रिह बाँकी स्थानमा भने सामान्यतया सफा रहने
काठमाडौँ, १२ कात्तिक – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी तथा हिमाली भेगमा मौसम आंशिक बदली छ भने बाँकी स्थानमा सामान्यतया सफा छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा देशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकाले उक्त क्षेत्रका बासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउन हुन अनुरोध गरेकाे छ।
Facebook Comments Box

