काठमाडौँ उपत्यकामा २२७ जना सहित देशभर थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ८ कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २२७ जना सहित देशभर थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १८५, भक्तपुरमा ९ र ललितपुरमा ३३ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ८ हजार २८४ आरटी पीसीआर तथा २ हजार ५८० एन्टीजेन परिक्षण सहित १० हजार ८६४ जनाको परिक्षण गर्दा ७७६ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ३ हजार ४८७ रहेको छ भने सक्रिय संक्रमितको संख्या १० हजार ३६० रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ५०१जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ८८ हजार ८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ३६१ रहेको छ ।

