आज देशभर आंशिक बदली रही एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ, ५ कात्तिक – जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्यसम्म बदली रही प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो प्रदेश न १, २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। साथै प्रदेश १, बागमती र गण्डकीका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
बाँकी प्रदेशका पनि एक दुई ठाउँमा आज राति मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ। त्यस्तै माहाशाखाले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउन हुन अनुरोध गरेकाेछ।

