काठमाडौँ उपत्यकामा २१४ जना सहित देशभर थप ५४५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ४ कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २१४ जना सहित देशभर थप ५४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १४५, भक्तपुरमा १६ र ललितपुरमा ५१ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ५८६ आरटी पीसीआर तथा १ हजार ९६३ एन्टीजेन परिक्षण सहित ८ हजार ५४९ जनाको परिक्षण गर्दा ५४५ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख १ हजार २९३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ७२६ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ८४ हजार ८८१ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ३२६ रहेको छ ।

Facebook Comments Box