केही दिनदेखि जारी वर्षाका कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७७ पुग्यो

काठमाडौँ, ३ कात्तिक – केही दिनदेखि जारी वर्षाका कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ।
गृह मन्त्रालयले दिएको जानकारी अनुसार १४ जिल्लामा ७७ जनाको ज्यान गएको हो।

बाढी पहिरोका कारण कालिकोट १, बैतडी ४, डडेलधुरा १, डोटी १२, बझाङ २, हुम्ला ६, प्युठान १, सोलुखुम्बु १ र धनकुटामा ७ जनाको ज्यान गएको छ। यस्तै मोरङमा १, सुनसरीमा २, पाँचथरमा २४, इलाममा १३ र उदयपुरमा २ जनाको ज्यान गएको गृह मन्त्रालयले जानकारी दिएको छ।

बाढी पहिरोमा अझै २७ जना हराइरहेका छन्। बझाङमा बेपत्ता मध्ये दुई जनाको शव फेला परेको छ। अझै २१ जना बेपत्ता छन्। इलाममा ३, प्युठानमा २ र जुम्लामा १ जना बेपत्ता छन्। २२ जना घाइते भएको गृह मन्त्रालयले जानकारी दिएको छ।

Facebook Comments Box