अविरल वर्षापछि आएको बाढीले भारतको केरलामा ६ जनाको मृत्यु
काठमाडौं, ३१ असोज – अविरल वर्षापछि आएको बाढीले भारतको केरलामा ६ जनाको मृत्यु भएको छ। शनिबारदेखि निरन्तर भएको वर्षाले त्यहाँको जनजीवन प्रभावित बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
अहिले पनि केरला क्षेत्रमा निरन्तर पानी परिरहेको छ। केरलाको इडुकी, पथनमथिट्टा, त्रिसूर र कोट्टयम बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएका छन्। भारतको मौसम विज्ञान विभागले केरला, कर्नाटक, तमिलनाडू, पुडुचेरी र कराईकल लगायतका क्षेत्रमा आज झनै ठूलो पानी पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ। अरब सागरमा विकसित प्रणालीका कारण केरला क्षेत्रमा पानी परेको हो।
Facebook Comments Box

