नेकपा एमालेले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ, १४ असोज – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पत्रकार सम्मेलन गर्दै छ। विधान महाधिवेशनका सन्दर्भमा आज दिउँसो नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्न लागिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

‘अल्फा बिटा भवनमा दिउँसो १/२ बजेतिर पत्रकार सम्मेलन गरिन्छ’,’ कार्यालय सचिव तामाङले भने। ​एमालेले भोलि असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन आयोजना गर्दै छ। एमालेले गोदावरीमा नवनिर्मित सनराइज सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्ने तयारी गरेकाे छ।

Facebook Comments Box