काठमाडौँ उपत्यकामा ४०२ जना सहित देशभर थप १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ५ असोज – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४०२ जना सहित देशभर थप १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २६१, भक्तपुरमा ४३ र ललितपुरमा ९८ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार ६२६ आरटी पीसीआर तथा ३ हजार ६९६ एन्टीजेन परिक्षण सहित १३ हजार ६२२ जनाको परिक्षण गर्दा १ हजार ३३० जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ७५ हजार ९५९ रहेको छ भने सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ८३० जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ६४ हजार पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५३ रहेको छ ।

