आज देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना
काठमाडौं , २८ भदौ – हाल देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिकदेखि सामान्यसम्म र बाँकी प्रदेशमा आंशिक बदली रहेकाे छ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भने हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस्तै राति देशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेकाे महाशाखाले जनाएको छ।
Facebook Comments Box

