काठमाडौँ उपत्यकामा ३०९ जना सहित देशभर थप ९११ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं , २७ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३०९ जना सहित देशभर थप ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १७८, भक्तपुरमा ६६ र ललितपुरमा ५६ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ८७८ आरटी पीसीआर तथा ३ हजार १४० एन्टीजेन परिक्षण सहित ११ हजार १८ जनाको परिक्षण गर्दा ९११ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ६३ हजार ८५७ रहेको छ भने सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ४२३ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ३९ हजार ४५७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ९४९ रहेको छ

