काठमाडौँ उपत्यकामा ३५४ जना सहित देशभर थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २५ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३५४ जना सहित देशभर थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २५७, भक्तपुरमा ४१ र ललितपुरमा ५६ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ८ हजार ५४९ आरटी पीसीआर तथा २ हजार ३६७ एन्टीजेन परिक्षण सहित १० हजार ८१६ जनाको परिक्षण गर्दा १ हजार १४६ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ६१ हजार ९५२ रहेको छ भने सक्रिय संक्रमितको संख्या २७ हजार ९५८ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ६६० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ३६ हजार ६६६ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ९२४ रहेको छ

Facebook Comments Box