काठमाडौँ उपत्यकामा ५१९ जना सहित देशभर थप १ हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २२ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५१९ जना सहित देशभर थप १ हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३६४, भक्तपुरमा ६६ र ललितपुरमा ८९ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ११ हजार १११ आरटी पीसीआर तथा ३ हजार ९२३ एन्टीजेन परिक्षण सहित १५ हजार ३४ जनाको परिक्षण गर्दा १ हजार ६७७ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ५७ हजार ८९५ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप २ हजार ७२ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ३१ हजार पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ८७९ रहेको छ ।

