काठमाडौँ उपत्यकामा ४५३ जना सहित देशभर थप १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २० भदौ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४५३ जना सहित देशभर थप १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २८८, भक्तपुरमा ६७ र ललितपुरमा ९८ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ५ हजार १७० आरटी पीसीआर तथा २ हजार ८०१ एन्टीजेन परिक्षण सहित ७ हजार ९७१ जनाको परिक्षण गर्दा १ हजार ८९ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ५४ हजार ३२१ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३१ हजार २४८ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ५३४ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख २७ हजार १८५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ८३८ रहेको छ

