काठमाडौँ उपत्यकामा ६६७ जना सहित देशभर थप १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १८ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६६७ जना सहित देशभर थप १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४६७, भक्तपुरमा ७१ र ललितपुरमा १२९ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार ७७३ आरटी पीसीआर तथा ४ हजार ५६१ एन्टीजेन परिक्षण सहित १४ हजार ३३४ जनाको परिक्षण गर्दा १ हजार ७५६ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ५१ हजार ९६४ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३३ हजार ६ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप २ हजार २७४ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख २३ हजार ४५६ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ८०९ रहेको छ ।

Facebook Comments Box