काठमाडौंको फोहोर भोलिबाट उठ्ने, अवरोध भए बल प्रयोग गरिने

काठमाडौं, १५ भदौ – काठमाडौं महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठ्ने भएको छ । काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको मंगलवारको बैठकले फोहोर उठाउने निर्णय गरेको हो ।

‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौं,’ मेयर शाक्यले भने, ‘हामीले गर्नसक्ने समस्या भए हामी समाधान गर्छौं । हामीले नसक्ने भए सम्बन्धित निकायसँग समाधानका लागि पहल गर्छौं । तर, लामो समयसम्म फोहोर नउठाउने कुरा हुँदैन ।’

उनले फोहोर व्यवस्थापनका लागि विभिन्न निकायसँग निरन्तर छलफल गरिरहेको पनि जानकारी दिए । ‘सिसडोलमा फोहोर व्यवस्थापनको काम ०६२ सालदेखि हुँदै आएको छ । त्यसको सबै जिम्मेवारी शहरी विकास मन्त्रालयको हो । काठमाडौं महानगरपालिकाको जिम्मेवारी भनेको त्यहाँ लगेर फोहोर व्यवस्थापन गर्ने मात्रै हो,’ शाक्यले भने, ‘अहिले पनि हामीले प्रधानमन्त्री र विभिन्न निकायसँग फाहोर व्यवस्थापनका लागि सहयोगको अपील गर्दै आएका छौं ।’

शाक्यले स्थानीयहरुलाई कुनै पनि असर नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरी निरन्तर लागेको बताए । ‘महानगरपालिकाले विगतका दिनमा पनि सिसडोलबासीका विभिन्न माग सम्बोधन गर्दै आएको छ,’ शाक्यले भने, ‘अहिले पनि उहाँहरुका जायज र महानगरपालिकाले सम्बोधन गर्न सक्ने माग पूरा गर्न हामी सकारात्मक छौं ।’ उनले फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी महानगरपालिकाको मात्रै नभई सम्पूर्णको समस्या हो भन्दै सबैतिरबाट सकारात्मक सहयोगको अपेक्षा गरेको बताए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले फोहोर उठाउने निर्णय भएको र सडक विभागले महानगरपालिकासँग समन्वय गरेर बाटोको तत्काल व्यवस्थापन गर्ने निर्णय भएको बताए । ‘फोहोर उठाउन र त्यहाँ व्यवस्थापन गर्ने सन्दर्भमा सुरक्षा चुनौती देखियो भने शान्ति–सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउने भन्ने भएको छ,’ उनले भने, ‘त्यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौँबीच समन्वय गरेर सुरक्षाको प्रबन्ध मिलाउने र तत्काल फोहोर व्यवस्थापन गर्ने भन्ने भएको छ ।’

पराजुलीले स्थानीय अवरोध भए बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्ने बताए । ‘फोहोर नगरपालिकाले उठाउँछ । स्थानीयका स–साना विषय भए त्यो महानगरपालिकाले समन्वय गर्छ,’ पराजुलीले भने, ‘मैले प्रहरीलाई स्पष्ट आदेश दिएको छु । उहाँहरुको स्थानीय समस्या भए लेखेर दिनुहोला । कसले सम्बोधन गर्ने हो छलफल गरेर अघि बढ्छौँ । तर, अवरोध गर्ने भन्ने हुन्न । हामी सकेम्म सम्झाइ–बुझाई गरेर शान्तिसुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्छौ । भएन भने बल प्रयोगको नियम प्रयोग गरेर भए पनि व्यवस्थापन गर्छौ ।’

काठमाडौँका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले पनि सकेसम्म शान्तिसुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्ने र नभए बल प्रयोग गर्ने बताए । ‘स्थानीय व्यक्तिका समस्या छन् भने त्यसको सुनुवाई गर्ने प्रयास हुन्छ,’ सिंहले भने, ‘त्यति गर्दा पनि अवरोध कायम भए कारवाहीको दायरामा ल्याएर भए पनि फोहोर व्यवस्थापन गर्छौं ।’

बैठकमा सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले महानगरपालिकासँग समन्वय गरेर अघि बढ्ने बताए । मेयर शाक्यले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी फोहोर व्यवस्थापनमा सहयोग गर्न अपील गरेका थिए । एमालेको ५६ मा नेकपा एसमा १२ जना खुलेका छन् । मिना ज्ञवाली बिरामी भएर आउन नपाएको सांसदहरूको दाबी छ । थप दुईजनासँग पनि कुरा भइरहेकाले उनीहरुको नाम गोप्य राखिएको स्रोतले बतायो । यसरी नेकपा एसमा कुल १५ हुन सक्छन् ।

यता, एमालेलाई राप्रपाको दुई सांसद र नेमकिपाको दुई सांसदले समर्थन गर्न सक्ने सम्भावना छ । एमाले र नेमकिपाले साथ दिँदा पनि अष्टलक्ष्मी अल्पमतमा पर्छिन् । लामो समय माधवकुमार नेपाल समूहमा रहेकी शाक्य मुख्यमन्त्री बन्ने भएसँगै केपी ओली समूहमा गएकी थिइन् । एमालेभित्रको शक्ति संघर्षमा माधव नेपाललाई साथ दिँदै आएकी उनी २ भदाैमा एमाले बागमती प्रदेश संसदीय दलको नेता चयन हुँदै मुख्यमन्त्री बनेकी हुन् ।

Facebook Comments Box