काठमाडौँ उपत्यकामा ९०६ जना सहित देशभर थप २ हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १४ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९०६ जना सहित देशभर थप २ हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६६५, भक्तपुरमा १०३ र ललितपुरमा १३८ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ११ हजार ८९२ आरटी पीसीआर तथा ४ हजार ३४१ एन्टीजेन परिक्षण सहित १६ हजार २३३ जनाको परिक्षण गर्दा २ हजार २९५ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ४४ हजार ४८८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ८०८ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख १४ हजार ५२० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ७३० रहेको छ ।

