काठमाडौँ उपत्यकामा ५४९ सहित देशभर थप १ हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १२ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५४९ सहित देशभर थप १ हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३७०, भक्तपुरमा ६७ र ललितपुरमा ११२ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार ४०९ आरटी पीसीआर तथा ३ हजार ७६७ एन्टीजेन परिक्षण सहित १३ हजार १७६ जनाको परिक्षण गर्दा १ हजार ८५७ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ४० हजार ८०५ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३६ हजार ८६६ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप २ हजार २२२ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख १० हजार ४५२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ६९० रहेको छ ।

Facebook Comments Box