हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ
काबुल, १२ भदौ – अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ। फ्रक्स न्युजका अनुसार हमलामा १३ जना अमेरिकी सैनिक, २ जना बेलायती नागरिकसहित १७० जनाको मृत्यु भएको हो। घटनामा १ हजार २७६ जना घाइते भएका छन्।
तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्ता छाड्न भीड लागिरहेको काबुलको विमानस्थलबाहिर बिहीबार साँझ ६ बजेतिर विस्फोट गराइएको हो। मिडिया रिपोर्टअनुसार विस्फोटमा मारिएका १५५ अफगान नागरिकमा २८ जना तालिबान संगठनका पनि छन्। विस्फोटको जिम्मेवारी आईएसआईएसको खुरासान ग्रुपले लिइसकेको छ।
बम विस्फोटपछि रोकिएको उडान शुक्रबार दिउँसो १२ बजेबाट पुनः सुरु भएको छ। फेरि विमानस्थलमा अफगानिस्तान छाड्नेको भीड उसैगरी लाग्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यही अगस्ट १५ तारिखका दिन तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि त्यहाँका स्थानीय एवं विदेशी मुलुकले धमाधम अफगानिस्तान छाडिरहेका हुन्

