काठमाडौँ उपत्यकामा ७३३ सहित देशभर थप २ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १० भदौ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७३३ सहित देशभर थप २ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५६१, भक्तपुरमा ६६ र ललितपुरमा १०६ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार ७०२ आरटी पीसीआर तथा ४ हजार ६७२ एन्टीजेन परिक्षण सहित १४ हजार ३७४ जनाको परिक्षण गर्दा २ हजार ४३३ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ३६ हजार ८८३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ९२९ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ५ हजार ८९३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ६३८ रहेको छ ।

Facebook Comments Box