काठमाडौँ उपत्यकामा ७४५ सहित देशभर थप २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ९ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७४५ सहित देशभर थप २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५१५, भक्तपुरमा १४२ र ललितपुरमा ८८ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार ७११ आरटी पीसीआर तथा ५ हजार ५७९ एन्टीजेन परिक्षण सहित १५ हजार २९० जनाको परिक्षण गर्दा २ हजार ४८२ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ३४ हजार ४५० रहेको छ भने सक्रिय संक्रमितको संख्या ३८ हजार २८७ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ७८१ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ३ हजार ९६४ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ६१२ रहेको छ ।

