आइतबार पाँच हजारभन्दा धेरैले गोसाईँकुण्ड मेला भरे

रसुवा, ७ भदौ – जनै पूर्णिमाको अवसरमा आइतबार पाँच हजारभन्दा धेरैले गोसाईँकुण्ड मेला भरेका छन्। गोसाईँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनै पूर्णिमाको अवसरमा पाँच हजार भन्दा धेरै आन्तरिक पर्यटकले गोसाईँकुण्ड मेला भरेको जानकारी दिएको हो।

कोरोनाको जोखिम बढेपछि समितिले गोसाईँकुण्डमा यस वर्ष मेला स्थगित गरेको थियो। तर जोखिम मोलेरै भएपनि भक्तजनहरु गोसाईँकुण्ड पुगेका हुन्।

स्थानीय प्रशासनले रसुवामा सवारी साधन सञ्चालन गर्न दिएको र बाटो कतै बन्द नभएको कारण यस वर्ष कोरोना जोखिमकै बीचमा पनि गोसाईँकुण्ड तीर्थयात्रीको संख्या बढेको हो।

Facebook Comments Box