काठमाडौँ उपत्यकामा ९६१ जना सहित देशभर थप ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ३२ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९६१ जना सहित देशभर थप ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६७७, भक्तपुरमा ११७ र ललितपुरमा १६७ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १० हजार ९३ आरटी पीसीआर तथा ५ हजार ५१८ एन्टीजेन परिक्षण सहित १५ हजार ६११ जनाको परिक्षण गर्दा ३ हजार ४५१ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख १० हजार ८५३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३९ हजार ३१७ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप २ हजार ४५८ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ३२७ रहेको छ ।

