चन्द्रागिरिमा बुलेट मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा बुलेट मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते भएका छन्। चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिकै शुक्रबार साँझ मोटरसाइकल दुर्घटना भएको हो।

प्रहरीका अनुसार मकवानपुरबाट सतुङ्गलतर्फ आउँदै गरेको बा.प्र.०२–०२० प २७६६ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो। दुर्घटनामा कञ्चनपुरको बेलौरी घर भएका अन्दाजी २५ वर्षीय चालक रमेश चौधरी गम्भीर घाइते भएका थिए। प्रहरीले उद्धार गरी उपचारका लागि सतुङ्गलस्थित एपीएफ अस्पताल पुर्‍याए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो।

मोटरसाइकलको पछाडि सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–६ घर भई हाल कीर्तिपुर बस्दै आएका अन्दाजी ४३ वर्षीय मेकबहादुर वाइबा घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box