जनकपुरमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

जनकपुरधाम । जनकपुरधाममा घरमा आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोकस्थित घरमा गएराति आगलागी हुँदा ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो । अचानक आगलागी भएपछि घरबाट बाहिर निस्कन नसक्दा सहनीको जलेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

उनकी नातिनी भने भागेर ज्यान जोगाउन सफल भएकी छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका–२ निवासी सहनी अवकाशप्राप्त शिक्षक रहेको प्रहरीले जनाएको छ । प्रहरीले विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box