भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ११ थान जेनेरेटर वितरण

रसुवा । भोटेकोशी बाढीबाट प्रभावित रसुवाका विभिन्न समुदाय, विद्यालय तथा स्थानीय तहलाई ११ थान जेनेरेटर सहयोगस्वरूप वितरण गरिएको छ। ‘सेटोप अष्ट्रेलिया’को आर्थिक सहयोगमा रसुवा–नुवाकोट पर्यटन समाजले जेनेरेटर वितरण गरेको हो। विद्युत् तथा सञ्चार सेवा अवरुद्ध भएका जिवजिवे, बेताङ, स्वर्यु, लोकिल, राम्चे, बेत्रावती, भोर्ले, हाकु र माथिल्लो जिवजिवेलगायत क्षेत्रका बासिन्दा यसबाट लाभान्वित भएका छन्।

जेनेरेटर सञ्चालनमा आएपछि स्थानीयवासीलाई मोबाइल चार्ज गर्न, सञ्चार सम्पर्क कायम राख्न तथा आपत्कालीन सेवा सञ्चालन गर्न सहज भएको छ। त्यसैगरी, आपत्कालीन उद्धार, राहत, पुनःस्थापना तथा प्रतिकार्यलाई व्यवस्थित बनाउन कालिका र उत्तरगया गाउँपालिकाका आश्रयस्थलमा पनि जेनेरेटर हस्तान्तरण गरिएको छ। बाढीका कारण सडक सम्पर्क विच्छेद भएपछि बेत्रावती नजिकैको जङ्गल क्षेत्रमा पाल टाँगेर आश्रय लिइरहेका विस्थापित परिवारलाई समेत प्रत्यक्ष रूपमा पुगेर जेनेरेटर उपलब्ध गराइएको समाजले जनाएको छ।

Facebook Comments Box