आईसीसी टी–२० विश्वकपमा छनोट हुन असफल भएको नेपालले आज तेस्रो स्थानको लागि ओमानसँग खेल्दै

काठमाडौँ, १२ चैत – आईसीसी टी–२० विश्वकपमा छनोट हुन असफल भएको नेपालले आज तेस्रो स्थानको लागि ओमानसँग खेल्दै छ। सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएको थियो भने ओमान आयरल्याण्डसँग पराजित भएको थियो।

यसअघि नेपालले चारदेशीय सिरिज र समूह चरणको खेलमा ओमानलाई पराजित गरेको थियो। तेस्रो स्थानको लागि हुने खेल अल अमिरातस्थित क्रिकेट मैदानमा नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ। त्यस्तै सोही समयमा विश्वकपका लागि छनोट भएका यूएई र आयरल्याण्डबीच फाइनल खेल पनि हुनेछ।

Facebook Comments Box