पेप्सीकोलामा मध्यराति भीषण आगलागी, चारभन्दा बढी ग्यास सिलिन्डर पड्किए

काठमाडौँ – काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलामा बिहीबार मध्यराति भीषण आगलागी भएको छ। पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै रहेको एक कटेजमा आगलागी भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बिहीबार राति करिब साढे १२ बजे कटेजमा अचानक आगलागी सुरु भएको थियो। आगलागीको सूचना पाएलगत्तै दमकल तथा सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको थियो।

सुरक्षाकर्मी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीका क्रममा चारभन्दा बढी ग्यास सिलिन्डर पड्किएको बताइएको छ। आगलागीबाट भएको क्षतिको विवरण भने खुल्न सकेको छैन। आगलागीको कारणसमेत अहिलेसम्म पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ।

Facebook Comments Box