सिमलतालको पहिरो हटाइयो, मुग्लिन–नारायणगढ सडक सञ्चालनमा
काठमाडौं । चितवनको सिमलताल नजिक आज बिहान खसेको पहिरो हटाइएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन पुनः सञ्चालनमा आएको छ । पहिरोका कारण आज बिहान केही समय सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
सडक डिभिजन भरतपुरले बिहान साढे ६ बजे सूचना जारी गर्दै सिमलताल क्षेत्रमा खसेको पहिरो हटाइसकिएको र सडकमा सवारीसाधन सञ्चालन सुरु भएको जनाएको छ । सडक डिभिजनले वर्षायाममा पहिरोको जोखिम कायमै रहेकाले उक्त सडकखण्डमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन चालक तथा यात्रुलाई आग्रह गरेको छ ।
Facebook Comments Box

